मन्त्री अधिकारीको भिषा च्यातिएपछि बेलायत भ्रमण रद्द

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ ।

नेपालीहरुकालागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको छ ।

नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको भिषा मा क्रस गरिएको राहादानी दिएपछि मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो।

भिषा लागेको राहदानी लापरवाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य धुव्र पोखरेलले जानकारी दिए । उनका अनुसार एक पटक टासिएको भिसा पुन निकाली दोहो¥याएर टास्न खोज्दा च्यातिएको देखिन्छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस