नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध लम्बियाे

काठमाडाैँ । नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६र६ महिनामा सार्वजनिक गर्ने एअर सेफ्टी लिस्टु मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो ।

यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध छ ।

नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्याङ्कन र यसकै आधारमा गएको कात्तिक २८ गते बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाललाई लगाउँदै आएको सुरक्षा सूची (कालोसूची) लाई निरन्तरता दिने ईयूले जनाएको हो ।

ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा आई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र श्री एअरलायन्सको स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आशिका तामाङ प्रहरी नियन्त्रणमा

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ परेकी छन् । तामाङलाई अभद्र …

प्रतिकृया दिनुहॊस