विराज भट्टले बनाउने भए ‘साङ्लो’

काठमाडाैं । कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे ।  उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो ।

नेपाली सिनेमापछि भोजपुरीमा गए पनि विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । केही वर्षको अन्तरालमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’मार्फत नेपाली सिनेमामा कमब्याक गरे । तर उनलाई यो सिनेमामा दर्शकले साथ मिलेन । यो सिनेमा चलेन । सिनेमा नचलेपछि विराज फेरि हराए । तर आफ्नो कमब्याकलाई दर्शकले त्यति साथ नदिए पनि विराजले नेपाली सिनेमामा आफ्नो सक्रियता भने नछोड्ने भएका छन् ।

यसैलाई निरन्तरता दिनको लागि उनी अब नयाँ सिनेमा निर्देशनमा जुट्ने भएका छन् । सिनेमा ‘साङ्लो’ मार्फत विराज फेरि दर्शकमाझ आउन लागेका हुन् । प्रेम र पारिवारिक कथामा तयार हुने यो सिनेमालाई रमाइलो बनाउने विराजको योजना छ । यो सिनेमाका लागि हाल एक जना नायिकाको खोजी भइरहेको छ ।

त्यस्तै सिनेमाको संगीतको तयारी भने सकिईसकेको छ । सिनेमाका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेका छन् । अहिले सिनेमाको कथामा काम भैरहेका कारण सिनेमा फ्लोरमा जान केही समय लाग्ने बुझिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस