[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
आजको पञ्चाङ्ग
वि.सं. मंसिर १३, २०८० । ई.सं. 29 Nov, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ कछलागा । पिङ्गल दक्षिणायन हेमन्त । बुधबार मार्ग कृष्णपक्ष । तिथि द्वितिय १३:५५ बजेसम्म, त्यसपछी तृतीया ।नक्षत्र मृगशिरा १४:४८ बजेसम्म, त्यसपछी आर्द्रा । योग साध्य २२:२९ बजेसम्म, त्यसपछी शुभ । करण गर १३:५५ बजेसम्म, त्यसपछी वणिज ०२:०७ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग अमृत । दिनमान १०:३० । सूर्योदय ६:३६ । सूर्यास्त १७:०६ । भद्रा २:७ देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना पनि बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कीर्तिमानी काम गर्ने समय छ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरायसी कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मालसामान हराउन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको योजना बन्नेछ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा अधिक सफलता मिल्नेछ । –हाम्रो/नेपाली पात्रोबाट




