राजा ल्याउन खोज्ने चेष्टा नगरे हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका हुन् ।

सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको उनले बताए । ‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्‍यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो,’ अध्यक्ष नेपालले भने ।

देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे । ‘पैंसाजति जग्गा जमिनमा लगाएको देखिन्छ । अर्कोतर्फ सरकारी काम गरेको रकम पनि सरकारले दिन सकिरहेको छैन,’ उनले भने, ‘सबै कुराको इस्यु बनाएर राजनैतिक आन्दोलन अगाडि बढाइरहेका छन् ‌। नेपालले भने ऋण लिएर तिर्दैन भन्न मिल्दैन । यस्ता खालका गलत कुराहरू उठाए हराइसकेको, इतिहास भइसकेको राजतन्त्र संस्थालाई बुत्याउने कुरा गलत हो ‌ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस