सर्वोत्तम सिमेन्टको आईपीओ ३६० रुपैयाँमै भर्न पाइने

काठमाडाैं । बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको सेयरको कट–अफ मूल्य तय भएको छ। कम्पनीको सेयर कट–अफ मूल्य ४०१ रुपैयाँ तय भएको हो। योग्य संस्थागत लगानीकर्ताहरुले दिएको सिलबन्दी बोलकबोल सम्पन्न भए लगत्तै नेप्सेले सोमबार कट–अफ मूल्य निकालेको हो।

सर्वसाधारणले भने प्रतिकित्ता ३६०।९ रुपैयाँमा सर्वोत्तम सिमेन्टको आइपीओ भर्न पाउने भएका छन्। जुन कट–अफभन्दा १० प्रतिशत कम हो। क्यूआईआई बाँडफाँट गर्दा निष्कासित सेयर ४०१ रुपैयाँमा पूर्णरुपमा बिक्री हुने भएपछि सो मूल्यलाई कट अफ निर्धारण गरिएको नेप्सेले जनाएको छ। कम्पनीको सेयरमा ४१ वटा योग्य संस्थापक लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेस गरेका थिए।

कम्पनीले मंसिर ६ गतेदेखि १० गतेसम्म क्यूआईआईलाई २४ लाख कित्ता सेयर निष्कासन गरेको थियो। संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ देखि ६०१ रुपैयाँ ५० पैसामा सेयर निष्कासन गरेको थियो।

सर्वसाधारण लगानीकर्ताले बाँकी ३६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ताभन्दा लागि आवेदन दिनुपर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री