काठमाडौंमा बलिउड गायक अरिजितको कन्सर्ट

काठमाडौं । बलिउडका चर्चित गायक अरिजित सिंह नेपालमा पहिलोपटक गुञ्जिएका छन् ।

शनिवार साँझ काठमाडौंको चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित ‘अरिजित सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरूमार्फत नेपाली दर्शकलाई झुमाएका छन् ।

उनले झन्डै ४ घन्टा गीत गाए । त्यहाँ उनले लाइभ गीत गाउनुका साथै फ्यानहरुलाई अटोग्राफ पनि दिए ।

नेपालको राष्ट्रिय झण्डा काँधमा राखेर समेत उनले केहीसमय प्रस्तुति दिएका थिए । उनले गीत गाइरहँदा दर्शकहरूले पनि उनीसँगै गीत गुनगुनाएका थिए भने हुटिङ गरेर साथ दिएका थिए ।

कन्सर्टमा नेपाली सेलिब्रिटीहरूको पनि उल्लेख्य उपस्थिति थियो । अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, अभिनेता सलोन बस्नेत, गायक प्रताप दास लगायतका सेलिब्रिटीहरू अरिजितको कन्सर्टमा उपस्थित थिए ।

राज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनले अरिजितलाई कन्सर्टका लागि काठमाडौंमा ल्याएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस