प्रसाईंलाई घरमै ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । शुक्रवार प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

प्रसाईंको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । आइतबार उक्त रिटको सुनुवाइ हुने भएको छ । बिहीबार ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता प्रसाईँको नेतृत्वले बल्खुमा विरोध प्रदर्शन गरेको थियो । उनले शुक्रवार काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो क्षेत्रमा कार्यक्रम गर्न निषेध गरेको जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds