ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त

काठमाडौँ । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा दिएपछिकम्पनीले सोमबारदेखि लागू हुने गरि ढकाललाई कामु सीईओमा नियक्त गरेको हो । भट्टले दिएको राजीनामा पनि सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds