कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा खटायो दुई महामन्त्री, गर्नुपर्नेछ यी ७ काम

काठमाडौँ । नेपाली कांग्रेसले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएका हुन् ।

कांग्रेसले दुई महामन्त्री भूकम्प प्रभावित क्षेत्रमा केहि दिन रहेर राहत सामग्री पिडितसम्म पुर्याउने, स्थानीय सरकार र संघ संस्थाहरुसँग एकद्वार राहत वितरण प्रणालीको कार्यान्वयन भए नभएको अनुगमन गर्ने र समन्वय गर्ने तथा पुनर्स्थापना र पुनर्निर्माणको विषयमा स्थानीयसँग सुझाव लिनेसहित ७ विषयमा केन्द्रित रहने बताएको छ । कांग्रेसले भूकम्प पिडितका लागि पार्टीको तर्फबाट ५० लाख सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

‘७ बुँदे कार्य बिषय’ मा महामन्त्रीद्वय केन्द्रीत रहने
(१) उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचार माध्यम मार्फत उजागर कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।

(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ-संस्था एवं स्वयं सरकारी निकायहरु बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण ।

(३) उद्धार र राहतमा पुगेका बाह्य संघ-संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने /गराउने ।

(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भुमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनस्र्थापनामा सम्पादन गर्नुपर्ने बिषयहरुको अध्ययन गर्ने ।

(५) घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भुकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई बिशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

(७) पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रुपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आईपर्न सक्छन्, सरोकारवालाहरुको सुझाबहरु के के छन्, आदि बिषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र …

प्रतिकृया दिनुहॊस