तेह्रथुम पावरको नाफा ६० प्रतिशतले बढ्यो

काठमाडौं । तेह्रथुम पावरको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास विवरणअनुसार खुद नाफा ६० प्रतिशतले बढेको हो ।

पहिलो त्रैमासमा खुद नाफा २ करोड ६६ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो ।

गत वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (वार्षिक) १६ रुपैयाँ ६१ पैसा रहेकोमा अहिले २७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने जम्मा ७० रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस