‘रिगल’विरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । योगराज ढकाल ‘रिगल’ लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मंगलबार महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ‘गुण्डा नाइके’ का रूपमा चिनिएका योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो । गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमार्फत …

प्रतिकृया दिनुहॊस