लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणको अवे खेलमा लाओसलाई पराजित गरेको छ ।

लाओसमा भएको खेलमा नेपालले १–० गोलले पराजित गरेको हो । खेलको ५३ औं मिनेटमा नेपालका मनिष डाँगीले गरेको गोल नै निर्णायक बन्यो । पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए ।

लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ । लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।

अब नेपालले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह ‘एच’मा स्थान बनाएको छ । जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस