आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. असोज २८, २०८० । ई.सं. 15 Oct, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलगा । पिङ्गल दक्षिणायन शरद । शनिबार आश्विन कृष्णपक्ष । तिथि औंसी २२:५३ बजेसम्म, त्यसपछी प्रतिपदा । नक्षत्र हस्त १७:०७ बजेसम्म, त्यसपछी चित्रा । योग ऐन्द्र १२:११ बजेसम्म, त्यसपछी वैधृति । करण चतुष्पद १०:१४ बजेसम्म, त्यसपछी नाग २२:५३ बजेसम्म, त्यसपछी किंस्तुघ्न । चन्द्रराशि कन्या । आनन्दादि योग मृत्यु । दिनमान ११:३२ । सूर्योदय ६:०३ । सूर्यास्त १७:३५ । नवरात्रीशुरु (घट्स्थापना), नःलास्वने, मातामहश्राद्ध ।  सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तसँग मनमुटाव बढ्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । साथीबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । हाम्रो/नेपाली पात्रोबाट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री