पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

उनीहरूबाट ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ । प्रतिवादीहरूलाई कसुरको प्रकृतिअनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय मागदाबी गरिएको छ ।

दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।

सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । उनीहरूलाई पक्राउ परेका बखत कारबाही हुने गरी खोजी सूचीमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस