डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा राजीनले जिते एक लाख

काठमाडौँ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद एक लाख जितेका छन् । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत राईले नगद एक लाख जितेका हुन् ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय …

प्रतिकृया दिनुहॊस