दुर्गा प्रसाईँको आग्रह- देशको भविष्य युट्युबरकै हातमा छ, देश बचाइदिनुहोस्

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई मूलधारका मिडियाले साथ नदिएको भन्दै आक्रोश पोखेका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मूलधारका मिडियाले कुनै पनि प्रतिनिधि पठाएका थिएनन् ।

उक्त कार्यक्रममै प्रसाईँमाथि एमाले निकट युवा सङ्घले मोसो दलेपछि आज आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईँले आफ्नो आक्रोश व्यक्त गरेका हुन् ।

मङ्गलवार प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि एकाधबाहेकका कुनै पनि मूलधारका मिडिया नपुगेपछि उनले युट्युबरहरुलाई देशको असली रक्षक भन्दै प्रशंसा गरे । उनले देशको भविष्य युट्युबरकै हातमा रहेको दाबी गर्दै देश बचाइदिन आग्रहसमेत गरे ।

‘आजबाट आन्दोलन सुरु भयो, आजदेखि देशभरि युवाहरू निस्किनुहोस्, देशभरि आजदेखि हाम्रो आन्दोलन सुरु हुन्छ, राँके जुलुस, कार्यक्रम गर्नुस्, तपाईँहरू पनि निस्कनुस्, देश जोगाउन’, उनले भने, ‘तपाईँहरूलाई युट्युबे, युट्युबे भन्छन् नि, तपाईँहरूले देश बचाउनु भो भने बचाउनु भो, यी ठूला मिडियाले बचाउँदैनन्, कुरा बुझ्नुस् । अब तपाईँहरूको टाउकोमा यो दायित्व तको छ ।’

कुनैबेला नेकपा एमालेको केन्द्रीय सदस्य रहेका प्रसाईँ पछिल्लो समय एमाले त्यागेर देशमा स्थिरता कायम गर्न राजतन्त्र पुनर्बहाली गर्नुपर्ने भन्दै अभियान चलाइरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस