काठमाडाैं । जनता बैंक नेपालले भारतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत भारतमा रहेका ग्राहकहरुले रेमिट्यान्स सेवा प्राप्त गर्न सक्नेछन् ।
एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच भएको संझौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत आफ्नो खातामा पठाउन सक्नेछन् ।
रेमिट्यान्स कारोवारको लागिएक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने बैंकले जनाएको छ । रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।
तपाईंको प्रतिकृया



