कुमारी बैंकका ग्राहकलाई वलनट बिस्ट्रोमा छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेट बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई ध्यानमा राख्दै डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको बताएको छ ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिटरक्रेडिट कार्ड बाहक ग्राहकलगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कम्पनीले देशभर रहेका ३०८ वटा शाखा सञ्जाल, ३०९ एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत ग्राहकलाई बैकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds