बिहीबार बढ्यो सुनको मूल्य

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री