एमाले कर्णाली अध्यक्षमा गुलावजंग शाह विजयी

काठमाडाैँ ।  नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन्। सल्यानका शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराएका हुन् ।

शाहले ३ सय ६९ मत ल्याए भने शाहीले २ सय ७ मत ल्याए । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुन् । उनी पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भएका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत पाएका छन् ।

। उपाध्यक्षमा गुलाबजंग प्यानलका टेकराज पछाई ३४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार दानसिंह परिवारले ५९ मत र लालबहादुर महताराले १७६ मत ल्याएका छन् ।

सचिवका उम्मेदवार शाह प्यानलका ध्रुवबहादुर शाहीले ४०६ मत ल्याएर विजय भए । उनका प्रतिस्पर्धी शाही प्यानलका रूद्रबहादुर शाहीले १६९ मत ल्याएका छन् । उपसचिवमा रवीन्द्रराज शर्मा र रमेश कुमार शाही विजय भएका छन् । शर्माले २९९ मत र शाहीले २६६ मत पाएका छन् ।

यसैगरी, उपसचिव पदमा पद्मा खड्काले १५२, मेनका पछाईले ९६, तेज कुमार विकले ७७, वीरेन्द्रराज गिरीले ५२, नारायणकुमार शाहले ३५ र बखत बहादुर भण्डारीले ३३ मत ल्याएका छन् । मतदानमा ६ सय ९ मत खसेको थियो । अब केही बेरमा सदस्य पदको मतगणना हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस