नक्सालमा १ अर्ब २१ करोड ३९ लाखमा जग्गा किन्दै एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंकले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाडौंको नम्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको बैठकले काठमाडौं महानगर पालिका वडा नम्बर १ नक्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।

बैंकले १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने निर्णय गरेको छ । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिल खारेज भई आएपश्चात उक्त रकम भुक्तानी गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप