एशियन गेम्सको पब्जीमा नेपाल सेमिफाइनलमा पुग्यो

काठमाडौं । नेपाल १९औं एशियन गेम्सअन्तर्गत पदकको आशा गरिएको ई-स्पोर्ट्सअन्तर्गत पिस एलिट एसियन गेम्स भर्सन पब्जीको सेमिफाइनलमा पुगेको छ ।

हाङचोउ ई-स्पोर्ट्स सेन्टरमा खेल शुक्रबार सम्पन्न खेलमा नेपाल दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । नेपाल सम्मिलित समूहमा हङकङ पहिलो हुदै सेमिफाइनलमा पुगेको छ ।

यस प्रतिष्पर्धामा नेपालको ५४ मिनेट ४ दशमलव ८४२ सेकेन्ड थियो भने पहिलो भएको हङकङको ५१ मिनेट ९ दशमलव ९८३ सेकेन्डको समय रहेको थियो ।

ई-स्पोर्ट्सअन्तर्गत पिस एलिट एसियन गेम्स भर्सन पब्जीमा नेपालबाट सुबिन कुमार प्रजापति, दिपेश गुरुङ, शाहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई खेलिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि र छबिविरुद्ध चितवनमा किटानी जाहेरी

काठमाडौं । चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस