रातभर सँगै बसेर रक्सी खाएका साथीहरूबाटै २५ वर्षीय गोविन्दको बीभत्स हत्या

काठमाडौँ । झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा इलामको चुलाचुलीस्थित पोल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बू रहेका छन् । रातभर दमक-१ स्थित एक होटेलमा सँगै बसेर मादक पदार्थ खाएका साथीहरूबीच एकापसमा भनाभन हुँदा लिम्बू को हत्या भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । हतियार प्रयोग गर्ने मुख्य व्यक्ति फरार रहेको र खोजी भइरहेको उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस