‘तिम्रो सबै कुरा मन पर्छ’मा सनम र हेमा

काठमाडौं । खप्तड क्षेत्रमा छायांंकन गरिएको गीतको भिडियो ‘तिम्रो सबै कुरा मन पर्छ…’ सार्वजनिक भएको छ । विशाल निरौला र रिज्योना कार्कीको स्वर, गायक निरौलाकै शब्द, संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जनक सिंहको निर्देशन रहेको गीतको भिडियोमा सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रूपमा देख्न सकिन्छ । दृश्यमा खप्तड अन्तर्गत रहेको गीतको भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो ।

खप्तडका अत्यान्तै मनमोहक दृश्यहरू भिडियोमा कैद गरिएको छ । दीपक गीरीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंंको सम्पादन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री