काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघले हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको जानकारी दिएको हो । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।
सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।
तपाईंको प्रतिकृया




