शेखर समूहले भन्यो- पार्टीलाई कार्ययोजना अनुरुप नै चलाउ

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला समूहले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्नेमा जोड दिएको छ ।

मंगलवार बालुवाटारमा बसेको डा. कोईराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो ।

काँग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए÷नभएको समिक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रिय समिति बैठकको एजेण्डाको विषयमा छलफल केन्द्रित भएको बताए । पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्वन गरेको कार्यतालिकालाई अवरुद्ध गर्नु नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरुको मत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस