सेयर बजार घट्याे

काठमाडौं । सेयर बजारले फेरि दबाबको सामना गरेको छ । नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

यही ब्याजदर सार्वजनिक भएपछि सेयर बजारका लगानीकर्ताले थप नकारात्मक प्रतिक्रिया दिएका हुन् । हुन त ब्याजदर घटाउने र बढाउने बैंकहरुको संख्या बराबरी छ ।

यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एभरेष्ट बैंक परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । विगत …

प्रतिकृया दिनुहॊस