करेन्ट नुडल्सको ब्रान्ड एम्बेसडर बनिन् केकी अधिकारी

काठमाडौं । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ । कम्पनीले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्बेसडरमा नेपाली चलचित्रकी अभिनेत्री केकी अधिकारीलाई चयन गरेको हाे ।

काठमाडौँमा एक भब्य कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको हाे । कार्यक्रममा नायिका केकी अधिकारीलगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यशोदा फुड्स प्रालिले सन् २०१७ मे महिनादेखि आफ्नो ब्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ ।

सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरीरहेको छ भने प्रिमियम सेगमेन्टअन्तर्गत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन । त्यसै गरी प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाललगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरीरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्रान्डप्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पति र ख्याती भएको कुरासमेत कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस