काठमाडौँ । ब्राजिलले विश्वकप छनौट अन्तर्गतको खेलमा पेरुलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा मार्क्विन्होसको गोल नै निर्णायक बन्यो । उनले खेलको ९०औँ मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाए । जितसँगै अर्जेन्टिनाले विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
ब्राजिलको २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पेरुको भने २ खेलमा १ अंक रहेको छ ।
तपाईंको प्रतिकृया



