बेलायतमा नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रिमियर

काठमाडौं । चलचित्र ‘गोर्खा वारिअर’लाई बेलायतमा रेडकार्पेट प्रिमियर गरिएको छ । स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवल्र्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । बेलायतस्थित नेपाली डायस्पोराको खचाखच रहेको समारोहमा गोर्खा भेट्रानहरूलाई सम्मान गरियो ।

निर्देशक मिलन चाम्ससहित चलचित्रका कलाकारहरू रितेश चाम्स र रेविका गुरुङ प्रिमियरमा सहभागी हुनुभएको थियो । कार्यक्रममा सहभागी हुन योगेश्वर अमात्य, धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुलीसहित पत्रकारहरू लण्डन पुग्नुभएको थियो । चलचित्रमा बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथा छ ।

योे चलचित्रलाई आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रूपमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता निर्देशक चाम्सले जानकारी गराउनुभयो । चलचित्रमा रितेश र रेविकासँगै विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारहरूको मुख्य भूमिका छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा यो चलचित्र प्रदर्शन हुनेभएको छ ।

चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा हुनुहुन्छ । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहनुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस