काठमाडाैँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट ओली अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्ष पदका उम्मेदवार सरस्वती ढकाल र शिरोमणी ढुंगाना पराजित भए । यसअघि ओली सेजनको सचिव, महासचिव हुँदै उपाध्यक्ष भएर काम गरेका थिए ।
उपाध्यक्षमा विनय बञ्जरा निर्वाचित भएका छन् । निवर्तमान महासचिव भागवत भट्टराईलाई पराजित गर्दै बञ्जरा उपाध्यक्षमा निर्वाचित भएका हुन् । गएको कार्यकालमा भट्टराई बञ्जरालाइृ पराजित गर्दै महासचिवमा निर्वाचित भएका थिए ।
यसपटक महासचिवमा भने विश्वास रेग्मी सर्वसहमत चुनिए । सचिवमा सोभित थपलिया र कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । ५ सदस्यमा हेमन्त जोशी, वशन्तराज उप्रेती, छवि सापकोटा, केशु लामिछाने र ममता थापा निर्वाचित भएका छन् ।
तपाईंको प्रतिकृया



