तीन हजार १ सय सर्किट किलोमिटर प्रसारण लाइन थपियो

काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रूपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको प्राधिकरणको भनाइ छ ।

विगत नौ वर्षमा ग्रिड सबस्टेसनको क्षमता आठ हजार आठ सय ६७ एमभिए पुगेको छ । नौ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१ र ७२ मा सबस्टेसनको क्षमता दुई हजार एक सय ३२ एमभिए मात्र रहेकोमा आव २०७९र८० मा आइपुग्दा सबस्टेसनको क्षमता छ हजार सात सय ३५ एमभिए बढेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप