जनता बैंक र सिद्धार्थ डेभलपमेन्टको ३० गतेदेखि एकीकृत कारोबार

काठमाडौं । जनता बैंक तथा सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिसन भई असार ३० गतेदेखि एकीकृत कारोबार हुदैछ । सिद्धार्थको जेठ १२ गते र जनताको जेठ १३ गते सम्पन्न विशेष साधारणसभाले एक्विजिसनमा जाने निर्णय गरेका हुन् । एकीकृत कारोबारकोे अम्तिम तयारीको लागि भन्दै दुवै बैंकको सम्पूर्ण शाखा असार २९ गते बन्द रहने सूचना प्रकाशित गरेका छन् । यसअघि त्रिवेणी विकास बैंक गाभिएपछि हाल जनता बैंकमा कर्मचारीको संख्या ७ सय जति छन् । यो प्राप्तिसँगै अब सिद्धार्थ डेभलपमेन्ट बैंकबाट शतप्रतिशत अर्थात ३ सयको हाराहारीमा कर्मचारी समायोजन हुने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री