काठमाडौँ । काठमाडौँको बुद्धनगरमा स्थानीयलाई त्रसित बनाएको भैँसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रयोग गरिएको छ । ज्ञान निकेतन स्कुलभित्र पसेको भैँसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट गन’ प्रयोग गरेको हो ।
वन अधिकृत अशोक पराजुलीकाअनुसार अब केहीबेरमा भैँसी लठ्ठीएर बेहोस हुने र त्यसपछि नियन्त्रणमा लिइनेछ । डार्ट गन लागेपछि भैँसी उठेर स्कुल परिसरभित्र हिँडिरहेको छ । भैँसीले क्षति पुर्याउने सक्ने भएकाले सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् ।
भैँसीको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैँसी भागेको हुनसक्ने प्रहरी वृत बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले बताए ।
यो पनि : बुद्धनगरमा दाम्लोसहित भागेको भैँसी समात्न प्रहरी परिचालन
तपाईंको प्रतिकृया




