एकैदिनमा १०१ बिमालेख जारी गर्दै कीर्तिमान राख्न सफल भए बोधदिप तिमल्सिना

काठमाडाैं । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१ बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन्। भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन्।

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आवद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए। नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ।

केही बिमा संचालकका अनुसार यो परिणाममा भएको बिमा नेपालमा मात्र नभई विश्वमानै पहिले इतिहास हुन सक्ने अनुमान गरेका छन्। यता तिमल्सिना र उनका टिमले यो सफलतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउनका निम्ति पहल सुरु गरेको बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस