संकटमा मुख्यमन्त्री थापा, विश्वासको मत लिन कठिन

काठमाडौं । कोशी प्रदेश सभाको बैठक अनिश्चित भएको छ । उपसभामुख सृजना दनुवार विरामी भएको जानकारी दिएर काठमाडौं आएसँगै बैठक अनिश्चित बनेको हो ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद खगेन सिङ हाङगामले आफूहरू ४७ जना सांसद मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदमा जाने बताए । ‘हामीहरू ४७ जना बनेर मुख्यमन्त्रीलाई विश्वासको मत दिन जान्छौँ, सदन चल्ने किन नचल्ने त्यही गएपछि थाहा होला,’ उनले भने, ‘उपसभामुखले कसैलाई जानकारी नदिई भागेर समाधान त हुँदैन नि !’

मुख्यमन्त्री उद्धव थापाले सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, उपसभामुख दनुवारले बिहान ८ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर काठमाडौं आएकी छन् ।

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो ।

जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् । वर्णानु क्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन् । जसका कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्न उपसभामुख दनुवारले पत्र लेखेकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री