सिटिजन्स क्यापिटल र ठुलो खोला हाइड्रोपावरबीच साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र ठुलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । आइतबार राजधानीमा भएको उक्त सम्झौतामा ठुलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठुलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्नेछ । ठुलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजना “माथिल्लो ठुलोखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस