काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




