काठमाडौं । डिशहोम फाइबरनेटले तीन लाख ग्राहक पुगेको अवसरमा केक काटेर सेलिब्रेशन गरेको छ । डिशहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक काटेर खुशीयाली मनाएका हुन् ।
देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका छन् । डिशहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायकको रुपमा आएको छ ।
तपाईंको प्रतिकृया




