एक दर्जन बैंकले बढाए ब्याज, ४ वटाले घटाए (सूचीसहित)

काठमाडाैं । भाद्र महिनाका लागि बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भाद्र १ गते, शुक्रबारदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरूले सार्वजनिक गरेका ब्याजदर नियाल्दा २० वटा बैंकमध्ये १२ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । ४ वटा बैंकहरूले ब्याजदर घटाउँदा ४ वटा बैंकहरूले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

भाद्र महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ प्रतिशत पुर्याएका छन् । अधिकांश बैंकहरूले भाद्र महिनाका लागि १०.८९६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । कुल १२ वटा बैंकहरूको ब्याजदर १० प्रतिशत भन्दा बढी छ ।

भदौमा ब्याजदर बढाउने बैंकहरूमा कृषि विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माछापुछ्रे बैंक लिमिटेड, सिटिजन्स बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र सिद्दार्थ बैंक लिमिटेड रहेका छन् ।

यता एनआईसी एशिया बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र एनएमबि बैंक लिमिटेडले भने भाद्र महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।

नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले भने भाद्र महिनाका लागि ब्याजदर स्थिर राखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds