काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले राजधानीबाट थप एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुमेरु सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी रहेको जनाइएको छ । उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरेको हो । यससँगै पक्राउ पर्नेको सङ्ख्या ८ पुगेको छ ।
तपाईंको प्रतिकृया




