कांग्रेस सहमहामन्त्री पाण्डे भन्छन्, ‘बुद्धस्थलमा आपराधिक कृत्यमा संलग्न व्यक्तिको नियुक्ति खारेज होस्’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्यारक्याल लामाको नियुक्तिप्रति विरोध जनाएका छन् ।

सरकारले आइतबार विभिन्न विवादमा मुछिएका व्यक्ति लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि सहमहामन्त्री पाण्डेले आपराधिक गतिविधिमा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो पवित्रस्थलको जिम्मेवारी दिन नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सरकारको उक्त कार्यप्रति खेद प्रकट गदै लेखेका छन्, ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकका लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ । यस पकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताविक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री