काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाउँमा लैजाने प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको हो ।
तत्तकालिन पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।
तपाईंको प्रतिकृया




