सुजुकी जिम्नी र फ्रोन्क्स नेपाल अधिराज्यभरका शोरुममा २२ श्रावणदेखि उपलब्ध

काठमाडौँ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुममा हेर्न र टेस्ट ड्राईभ लागि २२ श्रावणदेखि उपलब्ध हुने भएको छ । सो दिन सबै सुजुकी शोरुममा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ ।

नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेष्टजेनले सो एसयूभी बुकिङ्ग २९ असार २०८० देखि नै खुला गरेको थियो । कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजारबाट सुरु हुनेछन् ।

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोर डब्ल्यु डी प्रणाली, अल ग्रिप प्रोसँग आउँछ । ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिंक रिजिड एक्सेल सस्पेन्सन जस्ता अफ–रोड सुविधा समावेश गर्दछ । अफ–रोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्प्रेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा रहेको छ । नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो ।

‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकका लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds