काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण अवकाश पाउनु एक दिनअघि परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले सिफारिस गरेको हो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए श्रेष्ठलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । उनले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।
तपाईंको प्रतिकृया




