काठमाडौं । सरकारले साउन १६ गते बुधबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव शंकरप्रसाद अधिकारी संयोजकत्वको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको छ ।
यस्तै बैठकले खाद्य तथा पोषण सुधार कार्यक्रम(दोस्रो)का लागि विश्व बैंकबाट २० मिडियन डलर (करिब २ अर्ब ६२ करोड) को अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थमन्त्रालयकाा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त बैठकका निर्णयहरु आज सार्वजनिक गरेकी हुन् ।
हेर्नुहोस् निर्णयहरु :- निर्णय
तपाईंको प्रतिकृया



