काठमाडाैं । ललिता निवास प्रकरण पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन् ।
समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए। उनीहरूलाई बुधबार छाडिएको हो।
पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको एसएसपी आचार्यले बताए । सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो ।
यो प्रकरणमा २२ जना पक्राउ परेकाेमा उनीहरू २ जना छुटेपछि अब २० जना थुनामा रहेका छन् ।
तपाईंको प्रतिकृया




