एनएमबी-कपअन अन्तर स्कुल फुटबल प्रतियोगिता साउन २४ देखि

काठमाडाैँ । एनएमबी–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिता यही श्रावण महिनाको २४ गतेदेखि २६ गतेसम्म हुने बूढालनीलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने भएको छ।

इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन हुने यु १४ फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबी बैंकसँग प्रायोजक सम्झौता गरेको छ।

सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे।

कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लािग काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस