काठमाडौँ । न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन्। आफ्नै घरको आठौं तलाबाट हामफालेका ५५ वर्षीय संजय गुप्ताको ज्यान गएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर-२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न तत्काल लगिए पनि बाटैमा मृत्यु भएको हो।
वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरे। मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् ।
घटनाबारे प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरले जनाएको छ।
तपाईंको प्रतिकृया




